६० केजी सुन तस्करी प्रकरण: थप २ पक्राउ (नामसहित)
काठमाडाैं | असार ५, २०८१
काठमाडौँ: ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।
तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए ।
दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।
अहिलेसम्म पक्राउ पर्नेहरू :
१. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र
२. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र
३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र
४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६
५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९
६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक)
७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५
८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४
९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु
१०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)
११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल)
१२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य)
१३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे)
१४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)
१५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)
१६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर)
१७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)
१८. सोनाम गुरुङ, चीन
१९. रूपक भण्डारी
२०. मनोज श्रेष्ठ, भक्तपुर।
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...
अन्र्तराष्ट्रिय: नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

